काठमाडौं- प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि सारिएको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक एकैपल्ट चैत ५ गते बस्ने भएको हो।
विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। यही बीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।
फागुन २५ गतेका लागि राष्ट्रपतिको निर्वाचन तय गरिएको छ। ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।