काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एक्लै होमिने बताएका छन्।
बुधबार ट्विट गर्दै अध्यक्ष बडालले भनेका छन्, ‘हाम्राविरुद्धको मोर्चाबन्दीबारे जानकार छौं, एक्लै चुनाव जित्छौं।’
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूबीच तालमेल गर्नेबारे छलफल भइरहेको छ।
तीन विद्यार्थी संगठनहरुबीच भएको छलफलबारे अध्यक्ष बडालले एक्लै निर्वाचनमा होमिएर चुनाव जित्ने विश्वास व्यक्त गरेका हुन्। त्रिविले स्ववियु निर्वाचनका लागि फागुन १९ गतेबाट आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।