काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो।
राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।