काठमाडौं– नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले उनलाई फनपार्कको जग्गामा मतियार ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो।
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको छ। मनाङबाट निर्वाचित भएका उनी निलम्बित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।