• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएपछि के हुन्छ मन्त्रिपरिषद् विस्तार?

64x64
नेपाल लाइभ मंगलबार, फागुन १६, २०७९  २०:५४
1140x725

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि चैत ५ गतेसम्म लागू हुनेगरी निर्वाचन अचासंहिता–२०७९ जारी गरेको छ।

आचारसंहिता लागू भएपछि सरकारले सरुवा, बढुवा तथा नियुक्तिलगायतका गतिविधि गर्न पाउँदैन। आचारसंहिता लागू भएपछि रिक्त रहेको मन्त्रिपरिषद्को गठन होला कि नहोला भन्ने चासो बढेको छ। 

पुष १० मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने समझदारी गर्दै एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत पार्टी, जसपा, र नागरिक उन्मुक्तिसहितका दलको गठबन्धन बनेको थियो। 

तर, फागुन १३ सम्ममा आइपुग्दा राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर उक्त गठबन्धन तोडिएर नयाँ गठबन्धन बनिसकेको छ। सरकार गठन गर्दा बनेको समझदारी तोडिएपछि ठूलो दलको रुपमा रहेको एमाले बाहिरिएसँगै सरकारका करिब दुई तिहाइ मन्त्रालय रिक्त रहेका छन्। उक्त रिक्त रहेको मन्त्रालयमा मन्त्रीहरू कहिले नियुक्त हुने हुन् भन्ने चासोकाबीच आचारसंहिता लागू भएको छ। 

निर्वाचन आयोग के भन्छ?
आचारसंहिता लागू भए पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्न आयोगलाई पत्रमार्फत् आग्रह गरेको खण्डमा आयोग अनुमति दिने तयारीमा छ। राज्य सञ्चालन गर्ने विषयमा अवरोध हुनेगरी आचारसंहिता कार्यान्वयन गर्नु नहुने आयोगको बुझाई छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल लाइभसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्। 

‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने रायसहितको पत्र आयोगलाई पठाए हामी मन्त्रिपरिषद् विस्तार गर्न अनुमति दिन्छौं,’ आयुक्त  थपलियाले भने, ‘राज्य सञ्चालनको विषय रहेकोले आचारसंहिता लगाएर मन्त्रालयहरू रिक्त बनाउन दिनुहुन्न भन्ने पक्षमा आयोग छ।’

प्रधानमन्त्रीलाई छैन हतारो 
प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व सम्हालेसँगै सुशासन र सेवा प्रवाहमा कुनै कमी नराख्ने दाबी गरिरहेका छन्। तर, सरकार गठन भएको करिब ३ सातामा पूर्णता पाएको मन्त्रिपरिषद्ले अरू ३ साता नपुग्दै मन्त्रालयहरु रिक्त हुन पुगे। 

सर्वोच्च अदालतको एक फैसालले तत्कालीन गृहमन्त्रीलाई उनको नागरिकता प्रकरणका पदमुक्त गरेसँगै उक्त पद रिक्त हुन पुग्यो। त्यसलगत्तै रास्वपाका अन्य मन्त्रीहरु पनि सरकारबाट बाहिरिए। रास्वपा बाहिरेसँगै, २३ माघदेखि गृहसहित, शिक्षा र श्रम मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा छ। करिब ३ हप्तादेखि रिक्त रहेका उक्त मन्त्रालयहरूमा प्रचण्डले मन्त्री नियुक्त गर्ने विषयमा कुनै सक्रियता देखाएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, फागुन १३ मा राप्रपा पनि सरकारबाट बाहिरिएसँगै उर्जा, शहरी विकास र कानुन मन्त्रालय पनि प्रधानमन्त्रीकै काँधमा आयो। त्यस्तै, मंगलबारबाट एमालेले छाडेका अरु थप ८ मन्त्रालयको जिम्मा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएकी छन्।

अर्थ, कृषि, भूमी सुधार, उद्योग, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय एमालेसँग थिए। त्यसअघि नै प्रधानमन्त्री प्रचण्डले वन र खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए। 

एमालेले छाडेसँगै अव प्रधानमन्त्रीसँग १६ वटा मन्त्रालय छन्। १६ वटा मन्त्रालयको जिम्मेवारी आफ्नै काँधमा हुँदा पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा कुनै हतारो देखाएका छैनन्। 

नयाँ समीकरण बनेसँगै गठित आठ दलीय कार्यदलका एक सदस्यका अनुसार प्रधानमन्त्री अहिले विश्वासको मत लिनमा र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छन्। सोही कारण पनि उनले मन्त्रिपरिषद् विस्तारलाई खासै चासो दिएका छैनन्। 

माओवादी केन्द्र इतरबाट वर्तमान सरकारमा एकमात्र मन्त्रीका रुपमा जनमत पार्टीबाट खानेपानी मन्त्री अब्दुल खान छन्। उनका अनुसार अहिले नयाँ बनेको गठबन्धनका सांसदहरुलाई अभिमुखीकरण दिने र राष्ट्रपति निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारबारे कुनै छलफल गरेका छैनन्। 

‘नयाँ दलहरुको गठबन्धन बनेको छ। कुन सझदारीमा मन्त्रालयको टुंगो लगाउने भन्ने विषयमा छलफल नै प्रारम्भ भएको छैन,’ मन्त्री खानले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘हामी नयाँ गठबन्धनका सांसदहरुलाई यो गठबन्धनको औचित्यका बारेमा अभिमुखीकरण तालिम तथा छलफलमा केन्द्रित छौं। सायद, प्रधानमन्त्री ज्यूले २५ गतेपछि थप समझदारी कायम गरेर मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउनुहुन्छ।’

नयाँ बनेको गठबन्धनका दलहरुले आफ्ना प्रदेश सांसदसँग फागुन १७ र १८ गते अन्तरक्रिया कार्यक्रम राखेका छन्। उक्त अन्तरक्रियामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, फागुन २४ गते संघ र प्रदेशका सांसदहरुसँग सुंयक्तरुपमा अभिमुखीकरण कार्यक्रम रहेको मन्त्री खानले बताए।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २०:५४
  • #मन्त्रिपरिषद्–विस्तार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्