काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ८ वटा मन्त्रालयको जिम्मेवारी थप भएको छ। एमालेका मन्त्रीहरुले सरकार छाडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेकी हुन्।
एमालेबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री ज्वाला कुमारी साह, उद्योगमन्त्री दामोदार भण्डारी, भूमि व्यवस्थामन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिला बालबालिकामन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सोमबार राजीनामा दिएका थिए।
राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अब उक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको उल्लेख गरेको छ। यसअघि नै प्रधानमन्त्रीको जिम्मेवारीमा ८ वटा मन्त्रालय रहेका छन्। रास्वपा र राप्रपाका मन्त्रीहरुले सरकार छाडेपछि उक्त मन्त्रालयहरु रिक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।