काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को यात्रा आत्मसमर्पणवादमा पुगेको टिप्पणी गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गर्दै पोखरेलले यस्तो बताएका हुन्।
‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा’, पोखरेलले लेखेका छन्।
पुस १० गते एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले उसँगको गठबन्धन त्यागेर कांग्रेससँगको गठबन्धनमा फर्किएपछि एमाले नेताहरू उनीप्रति आक्रामक टिप्पणी गरिरहेका छन्।
एमालेको तर्फबाट सरकारमा सहभागी ८ मन्त्रीले सोमबार मात्र राजीनामा दिएका थिए। सोमबार नै एमालेले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।