काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिबाहेक कलाकारिता र खेल आफ्नो रुचिको विषय भएको बताएका छन्।
मंगलबार च्यासल रंगशालाको उद्घाटन गर्दै उनले भने, ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल मात्रै होइन्। अर्थतन्त्र, कूटनीति, राजनीति लागि र अन्तर्राष्ट्रिय भाइचाराका निम्ती खेलको महत्त्व बढ्न गएको छ।’
उनले खेल क्षेत्रमा गुणात्मक परिवर्तन हुनु पर्नेमा जोड दिए। उनले भने, ‘राजनीतिबाहेक खेललाई र कलाकारितालाई बढी नै रुचि पनि राख्ने, महत्त्व दिने क्षेत्र हुन्।’
प्रधानमन्त्री प्रचण्डले खेलको विकासका लागि सरकारले सातवटै प्रदेश र स्थानीय तहमा नीति तथा कार्यक्रम बनाएको ठोकुवा गरे। उनले विगतमा खेल क्षेत्रमा निकै कम बजेट भएको बताउँदै आगामी आर्थिक वर्षमा बजेट बढाउने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।