पाल्पा- सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रको सडक फेरि बन्द हुने भएको छ।
सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि सो सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए।
डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ। तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाइसकेका छन्।
सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो। बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।