• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचन विवादमा न्यायाधीश र बार आमुन्ने–सामुन्ने 

64x64
नेपाल लाइभ सोमबार, फागुन १५, २०७९  १४:५४
1140x725

काठमाडौं– राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा केही समयअघि राष्ट्रपतिका लागि केही नाम चर्चामा थिए। चर्चामा आएका नामहरुमध्ये दुई पूर्व प्रधानन्यायाधीशहरुसमेत थिए। 

पूर्व प्रधानन्यायाधीशहरु खिलराज रेग्मी र कल्याण श्रेष्ठको नाम राष्ट्रपतिका लागि चर्चामा आयो। यी नाम चर्चामा आएलगत्तै सर्वोच्च अदालत बार एशोसिएशनले पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने भन्दै  निर्णय गर्‍यो। बारले उक्त निर्णय गरेपछि बहालवाला न्यायाधीशहरुले पनि मुख खोले।

न्यायाधीशहरुको संस्था न्यायाधीश समाजका तर्फबाट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिमा पूर्व प्रधानन्यायाधीश निर्वाचित हुन संविधानले नरोकेको दाबी गरे। बहालवाला न्यायाधीशहरु नै बचाउमा उत्रेपछि यो विषय झन् विवादित बन्यो। 

आइतबार बार एशोशियसन उक्त विवादमा फेरि बोलेको छ। रााष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी दर्ता भएको अवस्थामा यता बार र न्यायाधीशहरुको विवाद भने सतहमा आएको छ। 

न्यायाधीश समाजको विज्ञप्तिमा बारको आपत्ति
वीरगञ्जमा सम्पन्न नेपाल बार एशोशियसनको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले आफूलाई सर्वोच्च अदालतबाट अवकाश पाएका न्यायाधीशहरुले राष्ट्रपति र उपराष्ट्रपति पदमा दाबी गर्न नमिल्ने उभ्याएको छ। 

सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश उक्त पदमा जानका लागि संविधान बाधक नभएको भन्दै बहालवाला न्यायाधीशहरुको संगठन न्यायाधीश समाजले जारी गरेको विज्ञप्तिमा पनि बारले आपत्ति जनाएको छ। 

सम्मेलनले जारी गरेको २३ बुँदे वीरगञ्ज घोषणापत्रमा न्यायाधीश समाजको विज्ञप्तिको आलोचना गरिएको छ। ‘संविधान र कानुनले प्रदान गरेको क्षेत्राधिकार र न्यायिक मर्यादाको ख्याल नगरी बहालवाला न्यायाधीशसमेत संलग्न रहने न्यायाधीश समाजको नामबाट संस्थागत रुपमा न्यायाधीशहरु राष्ट्रपति तथा उपराष्ट्रपतिको पदमा उम्मेदवार हुनसक्ने भन्ने अभिव्यक्तिसहितको विज्ञप्तिप्रति बैठक गम्भीर आपत्ति व्यक्त गर्दछ,’ बारको घोषणापत्रमा भनिएको छ। 

न्यायाधीश समाजले फागुन ११ सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश र पूर्वप्रधानन्यायाधीशसमेत राष्ट्रपति/उपराष्ट्रपति हुनसक्ने भनि विज्ञप्ति निकालेको थियो। 

Ncell 2
Ncell 2

‘देशको सर्वोच्च न्यायालयबाट सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई निर्वाचनद्वारा पूर्ति हुने राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित हुन नेपालको संविधान, प्रचलित कानुन, संयुक्त राष्ट्रसंघद्वारा पारित स्वतन्त्र न्यायापालिकासम्बन्धी आधारभूत सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेत कुनै दृष्टिले हेर्दा पनि बन्देज लगाएको देखिदैन,’ समाजको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च न्यायालयबाट सेवा निवृत्त न्यायाधीशहरू राष्ट्रपति, उपराष्ट्रपति तथा अन्य कतिपय राजनीतिक पदको निर्वाचनमा सहभागी भई निर्वाचित भएका दृष्टान्तहरू अन्य मुलुकहरूमा प्रशस्त छन् भने हाम्रै देशमा समेत यस प्रकारको अभ्यास गरिएको दृष्टान्त छ।’ 

तर बारले त्यसलाई क्षेत्राधिकार र न्यायिक मर्यादाको ख्याल नगरी आएको अभिव्यक्ति भन्दै आलोचना गरेको छ। यता सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी राष्ट्रपतिको विषयलाई लिएर बहालवाला न्यायाधीश र बार नै आामुन्ने–सामुन्ने हुनुले राम्रो सन्देश नजाने बताउँछन्। 

कार्यकारी वा व्यवस्थापिका अन्तर्गतका पदमा न्यायाधीश जान नहुने कुरा विगतको अभ्यासदेखि संविधानको मक्सद पनि भएको उनको बुझाइ छ। संविधानले सर्वोच्चका न्यायाधीशका लागि स्पष्ट व्यवस्था गरेबाहेकका अन्य पदमा जान नहुने उनी बताउँछन्। 

विगतमा निर्वाचन गराउने सरकारको नेतृत्वमा खिलराज रेग्मी जादा भोग्नु परेको संवैधानिक क्षति अहिलेसम्म पूर्ति नभएकाले आगामी दिन यस्तो गल्ती दोहोर्‍याउन नहुने उनको भनाइ छ। न्यायाधीशलाई राष्ट्रपतिमा लैजाने अभ्यासको थालनी गर्दा लोभ सुरु हुने पूर्व न्यायाधीशहरुकै टिप्पणी छ।

आगामी दिनमा आशा देखाउने खालका कुरामा न्यायाधीशलाई लैजाान नहुने उनीहरुको टिप्पणी छ। उनीहरुले अहिले चलिरहेको विवाद अब यही सकिनुपर्ने बताएका छन्।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएर फागुन २५ गते निर्वाचन नै हुने अनि निर्वाचित भएर दलभित्रबाटै आउने निश्चित भएकाले यसमा बहस केन्द्रित गर्नुको अर्थ नभएको पूर्व न्यायाधीशहरुको टिप्पणी छ। यो बहसले संविधानमा भएको त्रुटि देखाएर र अब त्यसलाई सम्बोधन गर्नुपर्ने पूर्व न्यायाधीशहरुको धारणा छ।

बारले आफ्नो घोषणापत्रमा अहिलेको अस्थिर राजनीतिक प्रमाणलीसहित निर्वाचन प्रणाली फेर्नेसम्मको कुरा उठाएको छ। बारले राजनीतिक दलहरु विचारभन्दा स्वार्थमा चल्न थालेको र प्रणालीसमेत संकटमा पार्ने कार्य भइरहेको टिप्पणी गरेको छ। 

राजनीतिक दलहरुले आम जनतालाई विचार, पद्धती, मूल्य–मान्यता र प्रणालीमा डोर्‍याउनुपर्नेमा स्वार्थ र सम्झौताले डोर्‍याउने कार्य गरिरहेको बारको आरोप छ।

‘सरकार गठन, पुनर्गठन र विघटनका श्रृंखला निरन्तर चलिरहेमा मुलुकले अंगिकार गरेको निर्वाचन प्रणालीलगायत सात वर्षको संवैधानिक अभ्यासले लोकतान्त्रिक पद्धतीमा गम्भीर विमर्श गर्नुपर्ने अवस्था आउने हुँदा यो बैठक दलहरुको ध्यानकर्षण गराउँदछ’, घोषणापत्रमा भनिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली
आज सातै प्रदेशमा बर्षाको सम्भावना
सम्बन्धित सामग्री
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी उनले उक्त अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने धारणा व्यक्त गरेका हुन् । मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाक... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली बुधबार, माघ १४, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्