• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचन विवादमा न्यायाधीश र बार आमुन्ने–सामुन्ने 

64x64
नेपाल लाइभ सोमबार, फागुन १५, २०७९  १४:५४
1140x725

काठमाडौं– राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा केही समयअघि राष्ट्रपतिका लागि केही नाम चर्चामा थिए। चर्चामा आएका नामहरुमध्ये दुई पूर्व प्रधानन्यायाधीशहरुसमेत थिए। 

पूर्व प्रधानन्यायाधीशहरु खिलराज रेग्मी र कल्याण श्रेष्ठको नाम राष्ट्रपतिका लागि चर्चामा आयो। यी नाम चर्चामा आएलगत्तै सर्वोच्च अदालत बार एशोसिएशनले पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने भन्दै  निर्णय गर्‍यो। बारले उक्त निर्णय गरेपछि बहालवाला न्यायाधीशहरुले पनि मुख खोले।

न्यायाधीशहरुको संस्था न्यायाधीश समाजका तर्फबाट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिमा पूर्व प्रधानन्यायाधीश निर्वाचित हुन संविधानले नरोकेको दाबी गरे। बहालवाला न्यायाधीशहरु नै बचाउमा उत्रेपछि यो विषय झन् विवादित बन्यो। 

आइतबार बार एशोशियसन उक्त विवादमा फेरि बोलेको छ। रााष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी दर्ता भएको अवस्थामा यता बार र न्यायाधीशहरुको विवाद भने सतहमा आएको छ। 

न्यायाधीश समाजको विज्ञप्तिमा बारको आपत्ति
वीरगञ्जमा सम्पन्न नेपाल बार एशोशियसनको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले आफूलाई सर्वोच्च अदालतबाट अवकाश पाएका न्यायाधीशहरुले राष्ट्रपति र उपराष्ट्रपति पदमा दाबी गर्न नमिल्ने उभ्याएको छ। 

सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश उक्त पदमा जानका लागि संविधान बाधक नभएको भन्दै बहालवाला न्यायाधीशहरुको संगठन न्यायाधीश समाजले जारी गरेको विज्ञप्तिमा पनि बारले आपत्ति जनाएको छ। 

सम्मेलनले जारी गरेको २३ बुँदे वीरगञ्ज घोषणापत्रमा न्यायाधीश समाजको विज्ञप्तिको आलोचना गरिएको छ। ‘संविधान र कानुनले प्रदान गरेको क्षेत्राधिकार र न्यायिक मर्यादाको ख्याल नगरी बहालवाला न्यायाधीशसमेत संलग्न रहने न्यायाधीश समाजको नामबाट संस्थागत रुपमा न्यायाधीशहरु राष्ट्रपति तथा उपराष्ट्रपतिको पदमा उम्मेदवार हुनसक्ने भन्ने अभिव्यक्तिसहितको विज्ञप्तिप्रति बैठक गम्भीर आपत्ति व्यक्त गर्दछ,’ बारको घोषणापत्रमा भनिएको छ। 

न्यायाधीश समाजले फागुन ११ सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश र पूर्वप्रधानन्यायाधीशसमेत राष्ट्रपति/उपराष्ट्रपति हुनसक्ने भनि विज्ञप्ति निकालेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘देशको सर्वोच्च न्यायालयबाट सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई निर्वाचनद्वारा पूर्ति हुने राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित हुन नेपालको संविधान, प्रचलित कानुन, संयुक्त राष्ट्रसंघद्वारा पारित स्वतन्त्र न्यायापालिकासम्बन्धी आधारभूत सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेत कुनै दृष्टिले हेर्दा पनि बन्देज लगाएको देखिदैन,’ समाजको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च न्यायालयबाट सेवा निवृत्त न्यायाधीशहरू राष्ट्रपति, उपराष्ट्रपति तथा अन्य कतिपय राजनीतिक पदको निर्वाचनमा सहभागी भई निर्वाचित भएका दृष्टान्तहरू अन्य मुलुकहरूमा प्रशस्त छन् भने हाम्रै देशमा समेत यस प्रकारको अभ्यास गरिएको दृष्टान्त छ।’ 

तर बारले त्यसलाई क्षेत्राधिकार र न्यायिक मर्यादाको ख्याल नगरी आएको अभिव्यक्ति भन्दै आलोचना गरेको छ। यता सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी राष्ट्रपतिको विषयलाई लिएर बहालवाला न्यायाधीश र बार नै आामुन्ने–सामुन्ने हुनुले राम्रो सन्देश नजाने बताउँछन्। 

कार्यकारी वा व्यवस्थापिका अन्तर्गतका पदमा न्यायाधीश जान नहुने कुरा विगतको अभ्यासदेखि संविधानको मक्सद पनि भएको उनको बुझाइ छ। संविधानले सर्वोच्चका न्यायाधीशका लागि स्पष्ट व्यवस्था गरेबाहेकका अन्य पदमा जान नहुने उनी बताउँछन्। 

विगतमा निर्वाचन गराउने सरकारको नेतृत्वमा खिलराज रेग्मी जादा भोग्नु परेको संवैधानिक क्षति अहिलेसम्म पूर्ति नभएकाले आगामी दिन यस्तो गल्ती दोहोर्‍याउन नहुने उनको भनाइ छ। न्यायाधीशलाई राष्ट्रपतिमा लैजाने अभ्यासको थालनी गर्दा लोभ सुरु हुने पूर्व न्यायाधीशहरुकै टिप्पणी छ।

आगामी दिनमा आशा देखाउने खालका कुरामा न्यायाधीशलाई लैजाान नहुने उनीहरुको टिप्पणी छ। उनीहरुले अहिले चलिरहेको विवाद अब यही सकिनुपर्ने बताएका छन्।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएर फागुन २५ गते निर्वाचन नै हुने अनि निर्वाचित भएर दलभित्रबाटै आउने निश्चित भएकाले यसमा बहस केन्द्रित गर्नुको अर्थ नभएको पूर्व न्यायाधीशहरुको टिप्पणी छ। यो बहसले संविधानमा भएको त्रुटि देखाएर र अब त्यसलाई सम्बोधन गर्नुपर्ने पूर्व न्यायाधीशहरुको धारणा छ।

बारले आफ्नो घोषणापत्रमा अहिलेको अस्थिर राजनीतिक प्रमाणलीसहित निर्वाचन प्रणाली फेर्नेसम्मको कुरा उठाएको छ। बारले राजनीतिक दलहरु विचारभन्दा स्वार्थमा चल्न थालेको र प्रणालीसमेत संकटमा पार्ने कार्य भइरहेको टिप्पणी गरेको छ। 

राजनीतिक दलहरुले आम जनतालाई विचार, पद्धती, मूल्य–मान्यता र प्रणालीमा डोर्‍याउनुपर्नेमा स्वार्थ र सम्झौताले डोर्‍याउने कार्य गरिरहेको बारको आरोप छ।

‘सरकार गठन, पुनर्गठन र विघटनका श्रृंखला निरन्तर चलिरहेमा मुलुकले अंगिकार गरेको निर्वाचन प्रणालीलगायत सात वर्षको संवैधानिक अभ्यासले लोकतान्त्रिक पद्धतीमा गम्भीर विमर्श गर्नुपर्ने अवस्था आउने हुँदा यो बैठक दलहरुको ध्यानकर्षण गराउँदछ’, घोषणापत्रमा भनिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्