काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कम नआँक्न चेतावनी दिएका छन्।
सुर्खेत विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपाल उक्त चेतावनी दिएका हुन्।
‘हामीलाई कसैले वेवास्ता गरेर यो मुलुक चलाउँछु भन्छ भने समयमै सेचत भएर चलोस्। हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन,’ अध्यक्ष नेपालले भने।
यस्तै, फागुन १३ मा बनेको गठबन्धनले राजनीतिको कोर्स नै परिवर्तन गर्ने उनको भनाइ छ। आफूहरू आँट गर्ने पार्टीको मान्छे भएको नेपालको दाबी छ।
‘जसले आँट गर्छ, उसले राजनीतिको कोर्स परिवर्तन गर्छ। हामी आँट गर्ने पार्टीका मान्छे हौं। ४६ मा आँट गर्यौं पञ्चायतलाई ढालिदियौं। त्यसले नेपालको राजनीतिक कोर्स नै परिवर्तन भयो। माओवादी समस्या सुरु भयो, त्यसमा हात हाल्यौँ कोर्स परिवर्तन भयो। शान्तिको बाटोमा सबैलाई ल्यायौँ,’ नेपालले भने,‘०६२/०६३मा आँट गर्यौं राजनीतिक कोर्स नै चेञ्ज गर्यौं। राजतन्त्रलाई समाप्त पार्यौं। र, पछि संविधान जारी गर्दै मुलुकलाई यो स्थितिमा ल्याइपुर्याएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।