काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरुमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो।
पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरुमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो।
तर, समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो। समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।