काठमाडौं– सोमबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। बैठकले जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनिधि सभाका सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।
शोक प्रस्ताव पारित गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। अब अर्को बैठक बुधबार बस्ने भएको छ।
सोमबारको बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।