काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउका छन्।
बालुटारमा सवमबार बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं।’
उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुआत भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गरेको बताए। प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको उल्लेख गरे।
‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो। बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु। गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो। यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु।’
प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।