काठमाडौं– परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले राहदानी बनाउँदा हुने समस्याको समाधान भइसकेको दाबी गरेकी छन्।
राष्ट्रिय सभामा सोमबार विशेष समय लिएर बोल्दै मन्त्री पौड्यालले उक्त दाबी गरेकी हुन्।
‘राहदानीको फारम भर्ने अवधि भोलिका लागि आज भर्ने कुरालाई एक महिनासम्मका लागि म्याद खोल्दिने वित्तिकै समस्या धेरै हदसम्म समाधान भइहाल्यो,’ मन्त्री पौड्यालले भनिन्।
यस्तै, आफू मन्त्री भएपछि पुर्चुगलमा रहेका धेरै नेपालीहरुको राहदानी नरहेको समस्यालाई तत्काल सम्बोधन गर्न मोबाइल टोली पठाएर समस्या समाधान गरिसकेको बताएकी छन्।
मन्त्री पौड्यालले दुई वर्षअघि बनेको परराष्ट्र नीति पुनरवलोकन गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई दिएको र अहिले पुनरवलोकन गरिरहेको बताएकी छन्।
प्रतिष्ठानले पुनरवलोकन गरेर एक महिनाभित्रमा उक्त नीतिलाई सार्वजनिक गर्ने तयारी रहेको मन्त्री पौड्यालले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।