फाइल तस्बिर। काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिको निर्वाचन र सरकारलाई दिएको समर्थनका विषयमा मौनता साँधेको छ।
सोमबारको बैठकमा उक्त विषयमा छलफल नै नगरेको पार्टीले जनाएको छ। उक्त विषयमा प्रस्तावमा नभएकाले छलफल नभएको बताइएको छ।
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिने निर्णय गरिसकेका छन्। दुवै दल सरकारबाट बाहिरिपनि सकेका छन्।
रास्वपाको सोमबारको बैठकले चितवन–२ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयत पत्र प्रदान गर्ने अख्तियार सभापति रवि लामिछानेलाई दिएको छ। उक्त निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने जनाएको छ।
राष्ट्रपतिको निर्वाचन र सरकारलाई दिएको समथर्थनका विषयमा भने पार्टीले निर्णय नै गरेन।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/333990493_497711965895094_602445470064890568_n.png?_nc_cat=107&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=8xG3K0aqxjQAX9gdNB7&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdRAu_bS6RdV6Jivc6DBeF7aniRHmNKvt4P5hcAv0Ke30Q&oe=6423C727)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।