तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- संघीय सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमाले प्रदेश सरकारबारे भने मौन बसेको छ। एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार संघीय सरकारबारे मात्रै निर्णय लिइएको बताए।
प्रदेश सरकारका विषयमा गरिएको प्रश्नमा उनले कुनै निर्णय नभएको बताएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको एमाले दुई महिनामै बाहिरिएको हो।
आफूहरु पुस १० गतेको सहमति अनुसार नै अघि बढ्न खोजेपनि प्रचण्डले कार्यान्वयन गर्न नखोजेपछि समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय लिएको उनले बताए।
पौडेलले भने, ‘हामी चाहन्थ्यौं न्यूनतम साझा कार्यक्रम कार्यान्वयन होस्। पुस १० गतेको सहमति अनुसार नै अगाडि बढौं। घटनाक्रम त्यसरी अघि बढेन। राष्ट्रपतिमा जुन सहमति भएको थियो, त्यो कार्यान्वयन गर्नुको सट्टा फरक अभिव्यक्ति र अरु दलहरुसँग सहमति गर्दै राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निष्कर्ष निकालेपछि बाहिरिएका
हौं।’देशको राजनीतिक अवस्थालाई विश्लेषण गर्दै अधैर्य भएर निर्णय नलिएको अवस्थामा एमालेप्रति प्रचण्डको अभिव्यक्ति र व्यवहारले सरकारमा थप रहन उचित नठानेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।