काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग २ को यूएई सिरिजअन्तर्गत नेपालले आज (सोमबार) पहिलो खेल पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि २ देशको खेल सुरु हुनेछ। पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको हो।
२०१९ देखि जारी रहेको विश्वकप लिग २ को सिरिजमा नेपालका लागि यो सिरिज विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।
२८ खेल खेलिसकेको नेपाल १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा छ। २८ खेल नै खेलेको पीएनजी २ मा जित र २५ मा हारसहित पुछारमा छ। अंक तालिकाको शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपमा स्थान बनाउन नेपालले बाँकी ८ मध्ये ७ खेलमा जित्नुपर्ने हुन्छ।
नेपाली टोलीमा श्याम (मौसम) ढकाल र प्रतिश जिसी पहिलोपटक परेका छन्।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।