काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाएको विषयलाई अतिरञ्जना गरिएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ध्यानाकर्षण गराएको छ।
आईसीसी विश्वकप लिग २ अन्तर्गतका सबै सिरिज जितेपछि लामिछानेसहितका सबै क्रिकेट खेलाडीलाई बधाई तथा हौसला दिँदै प्रधानमन्त्रीले हात मिलाएको विषयलाई अतिरञ्जना बनाइएको रापेखपले बताएको छ।
आइतबार राखेपका सदस्य सचिव टंकलाल घिसिङले विज्ञप्ति निकाल्दै अतिरञ्जना गरिएको विषयप्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन्।
राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्रीले सबै खेलाडीलाई बधाइ दिँदै हौसला प्रदानका लागि हात मिलाएको विषयलाई सन्दीपसँग मात्रै हात मिलाए जसरी प्रचार गरिएको भन्दै उनले गुनासो गरेका छन्।
एक नाबालिगलार्इृ बलात्कार गरको आरोप सन्दीपमाथि लागेको छ। उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप केही समयअघि मात्रै रिहा भएका थिए।
त्यसपछि उनले राष्ट्रिय क्रिकेट टिममा रहँदै लिग २ सिरिज खेलेका थिए। सिरिजका सबै खेल नेपालले जितेको थियो। विजयी टोलीलाई प्रधानमन्त्री प्रचण्डले भेटेरै बधाई दिएका थिए।
1677415514.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।