धनगढी– डडेल्धुरामा बाघको हड्डीसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका सञ्चालक २७ वर्षीय वीरबहादुर ओली पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार दुवैजनालाई शनिबार राति साढे १२ बजे अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरिएको हो।
पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।