काठमाडौं– २४औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा डीएभी सुशील केडिया विश्व भारती विद्यालयले देवनागरी दिवस आयोजना गरेको छ। काठमाडौं उपत्यकाका १८ विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागितामा विद्यालयले देवनागरी दिवस मनाएको हो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा सहभागीहरुले संस्कृत श्लोकवाचन, नेपाली–हिन्दी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आ-आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए।
अन्तरविद्यालय प्रतिस्पर्धाहरुमा डीएभी अप्रतिस्पर्धी रहेपनि डीएभी आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिंदी लगायत विभिन्न मातृभाषाका साहित्य, सस्कृति, कला र रितीरिवाज झल्काउने नृत्य एवं कलाकौशलता प्रर्दशन गरेका थिए ।
डीएभी विद्यार्थीहरु प्रस्तुत भएका संस्कृत स्वागत गित, नवरस झल्किने थेमेटीक शिवताण्डब, थारु भाषा र संस्कृतिको मघौंटा नाँच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङग्रेजी माध्यम विद्यालय भएपनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको बताए।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा यादव प्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकीकृत मञ्चमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
1677396583.jpg)
नेपाल संस्कृत विश्वविद्यालयका प्राडा नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी डा मंचला झा लगायतयले शिक्षण प्रक्रियामा मातृभाषाको भूमिकाबारे आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा विद्यालयकी प्राचार्य डा भुवनेश्वरी रावले विद्यार्थीको सिकाइ प्रक्रिया र उनीहरुको क्षमता एवं सिर्जनशीलता प्रस्फुटन हुने सन्दर्भमा मातृभाषा थप प्रभावकारी हुने बताइन्। परम्परागत ज्ञानको शिक्षण प्रक्रियामा मातृभाषाको अतुलनीय भूमिका रहेको उनको भनाइ थियो।
प्रतिस्पर्धामा सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम विद्यार्थीहरुलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।