काठमाडौं– अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल स्टारर फिल्म 'हेरा फेरी ४'मा सञ्जय दत्तको प्रवेश भएको छ।
फिल्ममा सञ्जय दत्त नकारात्मक भूमिकामा देखिने बताइएको छ। बलिउड सञ्चारमाध्यमका अनुसार एक स्रोतलाई उद्धृत गर्दै सञ्जय दत्तले फिल्म साइन गरेको लेखिएको छ। उनको क्यारेक्टर दृष्टिबिहीन र केही अनौठो किसिमको हुने बताइएको छ।
स्रोतलाई उद्धृत गर्दै थप भनिएको छ, ‘सञ्जय दत्त कमेडीमा उत्कृष्ट छन् र 'हेरा फेरी' का निर्माताहरूलाई लाग्छ कि उनी खलनायकको भूमिकामा उत्कृष्ट व्यक्ति हुन्। उनको कास्टिङले फिल्मको ब्रान्ड भ्यालु बढाउनेछ।’
अरशद वारसीको नाममा अड्कलबाजी
फिल्ममा अरशद वारसीलाई कास्ट गरिएको भनिएको थियो। तर अहिलेसम्म यसको पुष्टि भएको छैन।
यदि फिल्ममा सञ्जय दत्तसँगै अरशद वारसीको पनि प्रवेश हुन्छ भने यो हेर्नको लागि साँच्चै रोमाञ्चक अनुभव हुन सक्छ। किनकि दर्शकले ‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाई’ मा सञ्जय र अरशदको केमेस्ट्री देखेका छन्।
फिल्मको निर्देशक, शीर्षक पनि परिवर्तन
'हेरा फेरी' फ्रेन्चाइजको बारेमा कुरा गर्दा हालसालै अक्षय कुमारले फिल्ममा कमब्याक मात्र गरेनन्, सुनील शेट्टी र परेश रावलसँग यसको प्रोमोको लागि पनि सुटिङ गरेका छन्। अर्कोतर्फ, जहाँ पहिले यो फिल्मलाई अनीस बज्मीले निर्देशन गर्ने भनिएको थियो, पछिल्लो समय फिल्मलाई फरहाद सामजीले निर्देशन गर्ने चर्चा छ।
फिल्मको शीर्षक पनि ‘हेराफेरी ३’ को सट्टा ‘हेराफेरी ४’ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।