काठमाडौं– नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको छ। यसअघि सुरुवाती खेलमा सिंगापुरलाई पराजित गरेको थियो।
नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १०० रनमा अलआउट भयो। नेपाली बलर आकाश चन्द एक्लैले ६ विकेट लिए। हेमन्त धामीले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । स्पिनर दीपेश कँडेलले ८ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।
कप्तान देव खनाल र ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसँगै नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको थियो।
कप्तान खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रन बनाए। कुमालले १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन बनाए। एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईजना ब्याटरले शतक बनाएको पहिलोपटक हो।
ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए। आकाश त्रिपाठी २ रनमा रन बाहिरिए। विशाल विक्रम केसी १४ बलमा ४ चौकासहित २३ दीपक बोहरा ९ बलमा ४ चौकासहित १९, दीपक डुम्रे १६ बलमा १ चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले २-२ रन बनाए।
कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिएका छन्। अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने हैबेर अली र जय महेशकुमार मेहताले एक एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।