काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधसहित कोहलपुरबाट तीन जनालाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ३ बजेतिर कोहलपुर–१२ चप्परगौडीबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–७ का २१ वर्षीय विशालसिंह ठकुरी, कोहलपुर–११ का १८ वर्षीय निर्जन ढकाल र बर्दियाकै बढैयाताल–७ का २८ वर्षीय विक्रमसिंह ठकुरी रहेका छन्।
शनिबार बिहान चप्परगौडीमा विशालले मोटरसाइकल चलाइरहेका थिए भने उनको पछाडी निर्जन ढकाल सवार थिए। पश्चिम तर्फबाछ आएका उनीहरुले फलफूल खरिद गर्न लाग्दा प्रहरी निरीक्षक कमल केसीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाघ शंका लागि खानतलासी गरेको थियो।
चेकजाँचका क्रममा विशालको साथबाट ११५.७८० मिलिग्राम र निर्जन ढकालले लुकाइराखेको २२० मिलिग्राम गरी ११६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनीहरुको साथबाट तीन थान मोबाइल फोन, ९ हजार ८ सय नेपाली रुपैयाँ र भे १३ प २७३ नम्बरको निलो रंगको आरटीआर अपाचे मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
सोधपुछका क्सरममा उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याएको र बलई गाउँबाट ल्याउँदा विक्रम सिंह पनि कोहलपुरसम्म ओसापसारमा संलग्न रहेको बताएपछि उनलाई पनि आजै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।