फाइल तस्बिर।
तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ।
आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ। १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए।
नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणबाहिर रहेको छ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो निभाउन फिदिम नगरपालिकाको दमकल घटनास्थल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।