काठमाडौँ- विश्व कीर्तिमान बनाउन नुवाकोट चिसापानीका अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट भाषण गरेका छन्। गिनिज बुकमा नाम लेखाउन भने अब औपचारिक प्रक्रिया थालिनेछ।
मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेका थिए। ८० घन्टा ४ मिनेट भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्व कीर्तिमानका लागि दाबी गरिने विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए।
यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले ७५ घन्टा ३२ मिनटको रेकर्ड राखेका थिए।
भाषणमा केसीले एक घन्टामा ५ मिनेट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए। दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत उनले भाषण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।