काठमाडौं– रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक भएको छ।
सार्वजनिक पोष्टरमा फिल्मका अभिनेता धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। सार्वजनिक पोष्टरमा धिरज मगरको दोहोरो अवतार देख्न सकिन्छ। एकातिर, उनी लाहुरेको पोशाकमा देखिएका छन् भने अर्कोतिर उनी डान्सरको अवतारमा देखिएका छन्।
आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा यो फिल्मको निर्माता हुन्।
यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ।
निर्माणपक्षले फागुणको १९ गते ट्रिजर सार्वजनिक गर्ने तयारी समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।