काठमाडौं– पाकिस्तानको एक विश्वविद्यालयले परीक्षामा भाइ–बहिनीको रोमान्सलाई लिएर निम्बन्ध लेख्न लगाएपछि विवाद चुलिएको छ। ब्याचलर अफ इलेक्ट्रिकल इन्जिनियरिङ (बीइइ)का परीक्षार्थीका लागि ‘जूली एन्ड मार्क सिनारियो’ शीर्षकमा एक प्याराग्राफ दिँदै निबन्ध लेख्न लगाइएको हो।
उक्त प्याराग्राफमा भनिएको छ, ‘जुली र मार्क बहिनी र भाइ हुन्। उनीहरुले गर्मीको छुट्टीमा सँगै फ्रान्सको यात्रा गरिरहेका थिए। एक रात उनीहरु समुन्द्र तटको एक क्याबिनमा एक्लै बसे। उनीहरुले निर्णय गरे- यदि प्रेम गर्ने कोसिस गरियो भने किनै रमाइलो हुन सक्छ। कम से कम उनीहरुका लागि नयाँ अनुभव हुनेछ। जुलीले पहिल्यै पिल लिएकी थिइन् र मार्कले कन्डम प्रयोग गरेका थिए ...।’
प्रश्नमा उल्लेख प्रसंग आपत्तिजनक रहेको भन्दै आलोचना भइरहेको छ। यस विषयमा उनीहरुको धारणा माग गर्दै उनीहरुले देखे वा भोगेको अनुभवसहित ३०० शब्दको निबन्ध लेख्न भनिएको छ।
यो प्रश्न देखेपछि परीक्षा हलबाटै छात्रछात्राहरुले आपत्ति जनाउन सुरु गरेका थिए। पछि राजनीतिकर्मी र सेलिब्रिटीले समेत यसमा विरोध जनाइरहेका छन्।
अभिनेत्री तथा गायिका मिसी खानले उक्त विश्वविद्यालय नै बन्द गर्नुपर्ने धारणा राखेकी छिन्। यस्तो विकृत मानसिकता भएका प्रोफेसरलाई हटाउन माग गरेकी छिन्। उनले ट्विटमा लेखेकी छिन्, ‘जसले यो प्रश्न बनायो। ऊ जेलमा हुनुपर्छ। यस्तो अमर्यादित प्रश्न सोध्ने हिम्मत कसरी भयो?’
यसैगरी इमरान खानको पार्टीका एक नेताले समेत यस विषयमा विरोध जनाएका छन्। फर्स्ट पोस्टका अनुसार प्रश्न तयार गर्ने प्रोफेसरलाई विश्वविद्याले निलम्बन गर्दै कालोसूचीमा राखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।