काठमाडौं– अपाचे ओनर्स ग्रुप (एओजी)ले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजनागरेको छ। बिहीबारबाट सुरु भएको अपाचे ओनर्स ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी भएका छन्। उक्त यात्रा २१ दिन लामो हुनेछ।
पहिलो दिन काठमाडौंबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ। मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५ सयभन्दा बढी अपाचे राइडरहरूले अनलाइन आवेदन दिएका थिए।
काठमाडौंबाट सुरु हुने यो राइड रक्सोल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगावाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौलहुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुटहुँदै गोवा जानेछन् ।राइडरहरूले राइडका क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्नेछन्।
यस राइडका क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिबल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरूका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरूको प्रदर्शनी गरिनेछ।
मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरूले भाग लिनका लागि आवेदन दिन पाउनेछन्। अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरू सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ।
टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्लस राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ। यी राइडहरू काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए। अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टिभिएसलाई बोर्डले विज्ञापन र पीएसएमार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरूले बनेको यस समुदायले सम्पूर्ण राइडरहरूलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरूमा संलग्न गराउँछ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो।
एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरूमार्फत युवाहरूको बाइकिङप्रतिको जोशको उत्सव मनाउने गरेको छ। अपाचे ओनर्स ग्रुपले देशभरबाट ७ सयभन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ। ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइडसहित २८ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।