काठमाडौं– बिहीबारदेखि भृकुटिमण्डपमा आठौं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको मेलाको सहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका थिए।
नेपाल बिल्डकनका साथै नेपाल हाउजीङ एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो फागुन १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
प्रदर्शनीमा नेपाल, भारत चीन,लागायतका देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहेका छन्।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल लगायतका सामग्रीहरु राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।