काठमाडौं– एभरेष्ट बैंकले भक्तपुरको कमलविनायकमा आफ्नो शाखा विस्तार गरेको छ। देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरुलाई आफ्नो सेवामा पुहँच ल्याउनका लागि शाखा खोल्दै आएको बैंकले बिहीबार भक्तपुरको कमलविनायकमा १२४ औं शाखा उद्घाटन गरेको हो।
उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष लक्ष्मीप्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले गरेका छन्। उक्त उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुलप्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख–प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, बैंकका वागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराईका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको सहभागिता थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्। यो सँगै वागमती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।