काठमाडौं– नासाको जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डमा नयाँ ६ वटा आकाशगंगा फेला पारेको छ। यी आकाशगंगाहरु बिग ब्यांङलगत्तै निर्माण भएको अनुमान गरिएको छ।
एक अध्ययनमा ब्रह्माण्डको विकास हाम्रो सोंचभन्दा निकै भिन्न र तीव्र गतिमा विकास भइरहेको बताइएको छ। गत वर्ष २०२२ मा नासाको टेलिस्कोपले बाहिरी अन्तरीक्षमा खिचेका रहस्यमय तस्बिरका कारण खगोलविद् पनि अचम्मित छन्।
ताजा खोज अनुसार जेम्स टेलिस्कोपले १३.८ अर्ब वर्षअघि भएको बिग ब्याङपछि ५०० देखि ७०० मिलियन वर्षको बीचमा निर्माण भएका आकाशगंगाको पहिचान गरेको हो।
नेचर पत्रिकामा प्रकाशित एक रिपोर्ट अनुसार वेब टेलिस्कोपको एनआईआर क्यामले बाहिरी अन्तरीक्षमा नयाँ ६ आकाशगंगा पहिचान गरेको हो।
अध्ययनका लेखक इवो ल्याब्बेले नयाँ खोज भएका आकाशगंगालाई हाल ‘क्यान्डिडेट ग्यालेक्सिज’ नाम दिइएको बताएका छन्। नयाँ आकाशगंगामध्ये एउटामै करिब १०० खर्ब तारा रहेको पाइको छ। यस्तोमा यी आकाशगंगामा पनि हाम्रोजस्तै माहोल हुनसक्ने बताइएको छ।
अस्ट्रेललियाका स्वाइबर्न विश्वविद्यालयको टेक्नोलोजीका सोधकर्ता ल्याब्बेले हाम्रो आकाशगंगाको तुलनामा नयाँ खोज भएका आकाशगंगाको विकास २० गुणा तीव्र भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।