काठमाडौं– प्रत्येक देशका उत्कृष्ट चलचित्रहरू मात्र ओस्कारका लागि मनोनित हुन्छन्। यी उत्कृष्ट फिल्म हेर्ने चाहना सबैमा हुन्छ।
यदि तपाई पनि विभिन्न भाषाका यी उत्कृष्ट चलचित्र हेर्न मन पराउनुहुन्छ भने ओस्कार मनोनित चलचित्रहरूको सूचीबारे उल्लेख गरेका छौँ।
जुन तपाईं ओटीटी प्लेटफर्महरूमा जुनसुकैबेला हेर्नसक्नुहुनेछ।
द बन्सिस अफ इनिसेरिन
‘द बन्सिस अफ इनिसेरिन’ सन् २०२२ को ब्ल्याक ट्र्याजिकोमेडी फिल्म हो। मार्टिन म्याकडोनाघले यसको निर्देशन, लेखन र निर्माण पनि गरेका छन्। यो फिल्म डिज्नी प्लस हटस्टारमा हेर्न सकिनेछ।
अल द्याट ब्रिदर्स
भारतीय फिल्म ‘अल द्याट ब्रिदर्स’ले घाइते चराको उपचार गर्ने दुई दाजुभाइको कथा बताउँछ। जलवायु परिवर्तनमाथि बनेको यो फिल्म नेटफ्लिक्समा हेर्न सकिनेछ।
अल क्वाइट द वेस्टर्न फ्रन्ट
यो जर्मन एन्टी-वार फिल्म हो। जुन १९२९मा एरिच मारिया रेमार्कको उपन्यासमा आधारित छ। यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ।
अवतार
ओस्कार मनोनयनमा परेको फिल्म ‘अवतार’का फ्यान विश्वभर छन्। यो फिल्म डिज्नी प्लस हटस्टारमा गएर हेर्न सकिन्छ।
एल्विस
एल्विस बाज लुहरमन द्वारा निर्देशित र लुहरमन, साम ब्रोमेल, क्रेग पियर्स, र जेरेमी डोनर द्वारा लिखित २०२२ को बायोग्राफिकल ड्रामा फिल्म हो।
यो अमेरिकी रक एण्ड रोल गायक तथा अभिनेता एल्विस प्रेस्लीको जीवनमा आधारित छ। यो चलचित्र अमेजन प्राइम भिडियोमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।