• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचन : आफ्नै कारण अप्ठ्यारोमा परेको एमाले

64x64
डिबी खड्का बुधबार, फागुन १०, २०७९  १९:५४
1140x725

काठमाडौं- राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमाले रक्षात्मक बन्नुपर्ने अवस्थामा पुगेको छ। गएका वर्षहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘आफू अनुकूल’ प्रयोग गरेको माओवादी केन्द्रको बुझाइका कारण ‘भागमा परेको राष्ट्रपति’ पाउन एमालेलाई सकस परेको देखिन्छ।

गत पुस १० गते सात दलबीच नयाँ सत्ता गठबन्धन बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको बताइन्छ। सोही सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो कार्यकालका लागि प्रधानमन्त्री प्रस्ताव गरेका थिए।

माओवादी केन्द्रका अनुसार बितेको दुई महिनामा परिस्थिति फेरिएको छ। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सेनाका अनुसार बुधबारको भेटघाटमा प्रचण्डले अवस्था पुस १० कै नरहेको ओलीलाई स्मरण गराएका छन्। ‘पुस २६ गतेपछि परिस्थिति फरक बनेको छ। कांग्रेसले विश्वासको मत दिएका कारण अविश्वास गरेर राष्ट्रपतिको निर्वाचनमा बाहिर पार्न सकिँदैन। राष्ट्रिय सहमतिबाट राष्ट्रपति छान्ने प्रयास गरौं,' प्रचण्डको भनाइ उद्घृत गर्दै तिमिल्सेनाले भने।

नेकपा माओवादी केन्द्र एमालेबाट प्रस्तावित राष्ट्रपति नबनाउने कुरामा यसअघिकै बैठकबाट पुगेको हो। राष्ट्रपति निश्चित दलबाट प्रस्ताव हुँदा शक्ति पृथकीकरण, ‘चेक एन्ड ब्यालेन्स’ र संविधानको मर्म अनुकूल काम नभएको भन्दै राष्ट्रिय सहमति खोज्ने निर्णयमा उक्त पार्टी पुगेको हो। यहाँ पुर्‍याउन भने एमालेबाट सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका वर्षहरुमा गरेका केही विवादित कामहरु हुन्।

राष्ट्रपतिका ती कदम, जसबाट झस्कियो माओवादी
एमालेको तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी दुई कार्यकालका लागि राष्ट्रपति भइन्। दुवै कार्यकालमा एमालेले उनलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको आरोप अन्य दलहरुले विभिन्न समयमा लगाएका छन्।

२०७४ माघ २६ गते बसेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभाका लागि तीन जना (गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेल) को नाम मनोनित गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। केही समयमै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने थाहा पाएको राष्ट्रपति कार्यालयले त्यसलाई ‘होल्ड’मा राख्यो। 

फागुन ३ गते ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले ८ गते सो सरकारले देउवा सरकारको निर्णय खारेज गर्‍यो। अनि नयाँ नामहरु (युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्याल)लाई सिफारिस गरियो। जसलाई केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरिदिइन्।

२०७७ पुस ५ गते बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरे। त्यसपछि उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे। तत्कालीन नेकपाका अन्य नेताहरुले राष्ट्रपतिबाट त्यो सिफारिस तत्कालै सदर नहुने परिस्थिति बनाउन सक्रियता देखाए। तर, दिउँसो राष्ट्रपतिबाट सो सिफारिस सदर भइहाल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि २०७८ जेठ ६ गते ओलीले मन्त्रिपरिषद् बैठक राखेर नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्ने बताए। तर राजीनामा दिएनन्। ओलीकै चाहना अनुसार राष्ट्रपति भण्डारीले एउटा प्रधानमन्त्रीको राजीनामा नआइ वा कुनै प्रक्रियाबाट पदमुक्त नभइ अर्को प्रधानमन्त्रीको लागि आह्वान गरिन्। उनले जेठ ६ गते राति ७:५६ मा सूचना प्रकाशित गरेर ७ गते साँझ ५: ०० बजेसम्म दाबी गर्न भनिन्।

देउवाको नेतृत्वमा १४९ सांसदको हस्ताक्षर जुट्यो। उनीहरु देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न सिंहदरबार जाँदै गर्दा ओली हतारहतार शीतल निवास पुगे। र आफू, महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षर बुझाएर प्रधानमन्त्रीमा दाबी गरे। ओलीले त्यसरी गिजोलेपछि राष्ट्रपतिले जेठ ७ गते राति दुवैको दाबी अस्वीकृत भएको भन्दै विज्ञप्ति जारी गरिन्। 

परिस्थिति ओलीले अपेक्षा गरेकै ठाउँमा पुग्यो। ओलीले तत्कालै मन्त्रिपरिषद् बैठक राखेर प्रतिनिधि सभा विघटन गरिदिए। त्यही दिन मध्यरात (जेठ ८ गते बिहान १: ४९ बजे) राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गरिएको सूचना प्रकाशित गर्‍यो। 

२०७७ मंसिर ३० गते बिहान ९ बजे बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भए। अर्को बैठकमा पनि सभामुख सापकोटा उपस्थित हुने देखिएपछि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरे। 

अध्यादेशमा तत्काल कायम रहेका सदस्यहरुमध्ये बहुमतको बैठक बस्न सक्ने प्रावधान राखियो। अध्यादेश राष्ट्रपतिबाट तत्कालै जारी भयो। सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले बहिस्कार गर्दा–गर्दै पनि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्षको उपस्थितिमा बैठक बस्यो। तीन जनाको बैठकले कैयौं सिफारिस गरेको थियो।

यसैगरी विवादास्पद नागरिकता अध्यादेशको प्रभाव र असरसमेत नहेरी राष्ट्रपति भण्डारीले पारित गरिदिइन्। जबकि पछि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई फिर्ता पठाइदिइन्। विधेयकमा एमालेले राख्न चाहेका प्रावधान नरहेका कारण फिर्ता भएको भन्दै त्यो बेला फिर्ता भएको थियो।

राष्ट्रपतिमा ह्याट्रिक गर्ने अवसर एमालेले गुमाउनुको कारण साझेदार दलको ‘धोका’ मात्रै होइन, विगतमा राष्ट्रपतिलाई एमालेले आफ्नो अनुकूल चलाउन खोज्ने एउटा मुख्य कारण हो। राष्ट्रपतिबाट विगतमा चालिएका कदमका पूर्व अनुभवका कारण आफूहरु झस्किएको माओवादी केन्द्रका महासचिव देव गुरुङ स्विकार्छन्।

‘एमालेले सिफारिस गरेको व्यक्तिसँग पूर्वअनुभवले झस्किनुभएको हो?’ भन्ने नेपाललाइभको प्रश्नमा गुरुङ भन्छन्, ‘झस्किने र नझस्किने कुरै होइन। प्रश्न के हो त भने, संविधानलाई फलो गर्ने कि नगर्ने? संविधानलाई पालना गर्ने कि नगर्ने? विगतकालमा संविधानको भावनाभन्दा विपरीत जाँदा कटवाल प्रकरण के भएको थियो? किन उल्टाए राष्ट्रपतिले? सरकारले गरेको सिफारिस स्वीकृत गर्नुपर्ने होइन राष्ट्रपतिले? किन उल्टाए? संविधानविपरीत गएको होइन? दुई-दुई पटक संसद् भंग गरियो। के कारणले गरियो? दलको मान्यताको कारणले भंग गरिएको होइन?’

विगतका अभ्यास,  शक्ति पृथकीकरणको सिद्धान्त र ‘चेक एन्ड ब्यालेन्स’का लागि पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिएको माओवादी केन्द्रका नेताहरु बताउँछन्। ‘राजनीतिक नेतृत्वले शक्ति अतिक्रमण गर्न खोजेको देखियो र निश्चित पार्टीको राष्ट्रपति हुँदा त्यसको पक्षपोषण गरेको देखियो,’ माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार तिमिल्सेना भन्छन्, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको क्षेत्राधिकार सुरक्षित गर्न पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ।’

आत्मालोचना खोजिरहेका प्रचण्ड,  बचाउमा उत्रिएका ओली
गत पुस १० गते सहमति अकस्मात् सात दलीय गठबन्धन बन्यो। गठबन्धन बन्ने क्रममा विस्तृत छलफल हुन नपाएकाले तत्कालका लागि एमालेलाई राष्ट्रपतिमा सहमति जनाएको माओवादीको बुझाइ छ। एमाले आफैंले त्यसपछि परिस्थिति अनुकूल बनाउनुभन्दा बिगार्दै लगेको माओवादी केन्द्रको आरोप छ। 

माओवादी केन्द्रका एक नेताका अनुसार संसद् विघठनका विषयमा ओलीबाट अपेक्षा ‘रियलाइजेसन’ थियो। सुरुकै संसद्‌मा बचाउमा सक्रिय भएपछि अध्यक्ष प्रचण्ड झस्किएका हुन्। ओलीले नयाँ संसद् सुरु हुँदै गर्दाको सम्बोधनमा दुईपटक आफूले गरेको संसद् विघटनको प्रयासको बचाउ गर्दै भनेका थिए, ‘मैले त शेरबहादुरजीले के गर्नुभएको थियो भनेर पो हेरेको। झन् गुरु मान्दा हमला! नेपाली कांग्रेसले आफैं संसद् विघटन गरेर माघ १९ मा पुर्‍याएको सम्झिएर संसद् विघटन भनेपछि प्रतिगमन ठान्नुहुन्छ। सधैं त्यस्तो हुँदैन।’

यसपल्ट सरकारलाई समर्थन गरिरहेका अन्य दुई शक्ति पनि संघीयता विरोधी छन्। उनीहरुसमेत ओलीनिकट रहेकाले संसद् र संविधान जुनसुकै बेला धरापमा पर्न सक्ने बुझाइ माओवादी केन्द्रका नेताहरुको रहेको छ।

दर्जनौं ऐन कानुन निर्माण गर्नुपर्ने बेला अस्थिरता सिर्जना हुँदा वा संसद् पूर्ण कार्यकाल नचल्दा थप समस्या सिर्जना हुने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ। ‘अहिलेको आर्थिक संकटमा संसद् जोगाउन नसक्दा चुनावसमेत गर्न मुस्किल पर्ने अवस्थामा देश पुग्नेछ। त्यसैले संसद्को पूर्ण कार्यकालका लागिसमेत शक्ति सन्तुलन जरुरी छ,’ प्रचण्डले  पदाधिकारी बैठकमा बोलेका कुरा उल्लेख गर्दै  एक नेताले भने।

अर्को, अध्यक्ष प्रचण्ड एउटै पार्टीलाई प्रधानमन्त्री र राष्ट्रपति दिँदा शक्तिको उन्माद्ले निरंकुश बन्नसक्ने ब्रिफिङ निकटस्थलाई गरिरहेका हुन्छन्। त्यसैले साढे दुई वर्षपछि एमालेकै प्रधानमन्त्री बन्ने अवस्था आउँदा पुरानै परिस्थिति आइलाग्ने र त्यसको दोषी आफू हुनुपर्ने प्रचण्डको बुझाइ छ। पछिल्ला भेटहरुमा नेकपाकालमा चालेका आफ्ना कदम गलत रहेको कुरा ओली आफैंले उठाउन् भन्ने चाहना प्रचण्डको छ। ओलीले भने अहिलेसम्मका कुनै पनि भेटमा उक्त विषय उठाएका छैनन्।

सभामुखबाट पाएको संकेत
माओवादी केन्द्रले सभामुखमा एमालेबाट ‘लिबरल’ व्यक्तिको अपेक्षा गरेको थियो। कुनै कदम चाल्नुपर्दा आफ्नो छवि र पदीय गरिमाको समेत ख्याल गर्ने व्यक्ति सभामुख बनाउनुपर्ने उनको मान्यता थियो। माओवादी केन्द्रका एक नेताका अनुसार एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ वा सचिव छविलाल विश्वकर्मा सिफारिस हुन सक्ने बुझाइ थियो। तर, माओवादी केन्द्रले अपेक्षा नै नगरेका देवराज घिमिरे सभामुख बनाइए।

घिमिरेलाई सभामुखमा ल्याएको एमालेले राष्ट्रपतिमा पनि त्यस्तै व्यक्तिको खोजी गरिरहेको चर्चा चल्यो। माओवादी केन्द्रका एक नेता भन्छन्, ‘सुरुदेखि नै अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ जस्ता व्यक्तिको नाम आउँदा माहोल फरक बन्न सक्थ्यो। तर,  डोरमणि पौडेल लगायतको नाम आउन थाल्यो। त्यसले पनि हामीलाई झस्काएको हो।’

त्यसपछि माओवादी केन्द्र एमालेलाई राष्ट्रपति दिन नहुने निष्कर्षमा पुग्यो। अहिले त्यसलाई निरन्तरता दिइरहेको छ। माओवादी केन्द्रले सोमबार बैठक बसेर राष्ट्रिय सहमतिबाट राष्ट्रपति बनाउने निर्णय नै गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्