काठमाडौं- दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ। नगर निगम निर्वाचनको ८० दिनपछि नयाँ मेयर आम आदमी पार्टीका तर्फबाट शैली ओबराय चुनिएकी छिन्।
उनले १५० मत पाएकी हुन्। उनको विपक्षमा उठेकी रेखा गुप्ताले जम्मा ३४ भोट पाइन्। दिल्लीमा १० वर्षपछि फेरि महिला मेयर बनेकी हुन्।
सन् २०११ मा भाजपाकी रजनी अब्बी महिला मेयर भएकी थिइन्। सन् २०१२ मा शीला दिक्षित सरकारले दिल्ली नगर निगमलाई तीन भागमा बाँडेको थियो र फेरि सन् २०२२ मा एक बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।