• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

यातायात कार्यालयको भवन निर्माणमा समन्वय समितिको अवरोध, प्रशासन भन्छ– नियमसंगत काममा अवरोध हुँदैन

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  २१:०३
1140x725

भक्तपुर– हरेक चार–चार वर्षमा भाडाको भवनमा सर्दै आएको बागमती प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यको प्रारम्भमै जिल्ला समन्वय समितिले अवरोध गरेको छ।

बागमती प्रदेश सरकारको बजेटमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गण्डुस्थित हाकेडाँडामा ११ रोपनी क्षेत्रफलमा सवारी चालक अनुमति पत्र वितरणदेखि बिलबुक नवीकरणसम्म एकै ठाउँमा गर्नेगरी कार्यालयको आफ्नै भवन निर्माणका लागि जमिन सम्याउने र माटो व्यवस्थापन गर्ने कार्य सुरु भएको छ।

तर, माटो सम्याउने र व्यवस्थापन गर्ने कार्य तत्काल रोक्न जिल्ला समन्वय समितिले नै निर्देशन दिएपछि अवरोध पुगेको भन्दै सूर्यविनायक नगरपालिकाले आपत्ति जनाएको छ।

एकसाता अगाडि नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्व सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका भौतिक तथा यातायात मन्त्रालयका सचिव शंकर भण्डारी, बागमती प्रदेश सभा सदस्य किरण थापा, वडाअध्यक्ष रविन्द्र सापकोटालगायत प्राविधिक टोलीसहितको फिल्ड अनुगमनलगत्तै प्रदेश सरकारले भवन निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन जमिन सम्याउन निर्देशन दिएपछि तीन दिनदेखि माटो व्यवस्थापनको काम सुरु भएको हो।

नेता बस्नेतको पहलमा प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलकै पालामा तत्कालीन मन्त्रालयले १३ करोड बजेट विनियोजन गरी ठेक्का आह्वान गरेकोमा कौशिल बस्नेत निर्माण सेवा प्रालिले २०७८ माघ २७ गते ठेक्का सम्झौता गरे पनि विभिन्न कारणले रोकिएको भवन निर्माण कार्य सुरु हुन लाग्दा पुन: अवरोध आएको हो।
 
नेकपा एमालेका नेता बस्नेतले विगतमा पनि यातायात कार्यालय निर्माणमा अवरोध खडा गरेको र अहिले पनि केही तत्व त्यसरी नै कार्यालय निर्माण हुन नदिन लागिरहेको बेलामा बताए। उनले यसरी अवरोध आउन नहुने भन्दै कानुनसम्वत कुरालाई कसैले रोक्न नहुने धारणा राखे। 

Ncell 2
Ncell 2
nimb
nimb

यता जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाले माटो तथा खानीको अनुगमन गर्ने निकाय आफ्नो मातहतमा रहेकाले जिससलाई जानकारी नै नगराई माटो झिक्ने र लैजाने काम गरेकाले रोकेको बताए। 

उनले भने, ‘जिल्लामा धेरै ठाउँमा माटो, बालुवा खानीको उजुरी आइरहेका छन्, जिससलाई जानकारी नै नगराई काम गरे जुनसुकै ठाउँको भएपनि रोक्छौं, त्यसैले यो आफ्नै गाउँको भए पनि रोकेको हुँ, मैले नै प्रहरी, प्रशासनलाई रोक्न भनेको हुँ।’

सूनपा–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले प्रदेश सरकारको विकासको कामलाई सघाउन स्थानीय शासन ऐन अन्तर्गत स्थानीय तहले प्रक्रिया पुर्‍याएर काम गर्दा पनि जिम्मेवार निकायबाट अवरोध आएको बताए। उनले भने, ‘बागमती प्रदेश सचिवबाट निर्देशन आएपछि जग्गा सम्याउन र बढी भएको माटो व्यवस्थापनका लागि वडा कार्यालयले स्थानीयको नाममा पाँचदिने सार्वजनिक सूचना जारी गरेको थियो, त्यसपछि नगरपालिकाको ऐन, नियम अन्तर्गत फागुन १५ गतेसम्म १० दिनका लागि नियमानुसार राजस्व लिएर माटो व्यबस्थापनका लागि ठेक्का लगाएका छौं, नियम संगत काम गर्दा जिसस प्रमुखले फिल्डमै गएर रोक्न खोज्नु भएछ, जगातीको डिएसपीले सबै गाडी र डोजर समातेर ल्याउन निर्देशन दिनुभएछ, यसमा हामीले आपत्ति जनाएका छौं।’

जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई नियमसंगको सबै कागज पठाएपछि काम सुरु भएको बताउँदै यातायात कार्यालयको भवन निर्माण गर्न नदिने केही तत्वले विगतमा जस्तै चलखेल गरिरहेको उनले आरोप लगाए। भवन निर्माण स्थलको स्वायल टेष्ट (माटो परीक्षण) समेत गरेर काम सुरु गरेको बताए। 

यसबारेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘जथाभावी माटो उत्खनन् गरेको भन्ने उजुरी आयो, त्यसैले अधिकार प्राप्त निकाय नगरपालिकासँग बुझ्यौं, नियम संगत नै रहेको थाहा पायौं, नियमसंगत भएका काममा हाम्रो अवरोध रहँदैन।’

भक्तपुरमा हाल सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी सम्पूर्ण कार्य गर्नेगरी मध्यपुरथिमिको राधेराधेमा भाडाको साँघुरो घरमा कार्यालय सञ्चालन भइरहेको छ भने सल्लाघारीस्थित अर्को भाडाको घरमा सवारी धनीपुर्जा बिलबुक नवीकरण, धुवा पासलगायतका काम हुँदै आएको छ। भवन निर्माणसँगै दुबै एकै ठाउँमा आफ्नै भवनमा बस्ने र सरकारको भाडामा जाने खर्च कटौती हुनेछ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्