काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।
युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो,’ भनेको टिप्पणी गरेका हुन्।
बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन्। उक्त कुराकानीको विस्तृत जानकारी भने बाहिर आइसकेको छैन।
यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भने बाइडेनले ध्यानपूर्वक सुनेको समाचारहरु बाहिरिएका छन्। पु्टिनले आजै सम्बोधनका क्रममा अमेरिकासँगको आणविक सन्धि तोडेको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।