• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकासँगको आणविक सन्धि तोडेको पुटिनको घोषणा, घरेलु मामलालाई अमेरिकाले विश्वव्यापी बनाएको आरोप

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  १८:४१
1140x725

मस्को– रुस–युक्रेन युद्धले २४ फेब्रुअरीमा एक वर्ष पूरा गर्दैछ। त्यसको ठीक ३ दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी जनतालाई सम्बोधन गरेका छन्। 

पुटिनले जनसम्बोधनमा रुसले सुरुमा युद्धबाट बच्न धेरै कूटनीतिक प्रयास गरेको तर नाटो र अमेरिकाले त्यसलाई सफल हुन नदिएको आरोप लगाएका छन्। 

उनले आफूहरुले अझै पनि वार्ता चाहेको तर त्यसलाई सफल हुन नदिएको भनेका छन्। ‘हामी अझै वार्ता चाहन्छौं, तर वार्ताका लागि राखिएको शर्तहरू हामीलाई मान्य छैनन्,’ पुटिनले भनेका छन्।

पुटिनले युक्रेनलाई पश्चिमा मुलुकहरुले लामो दूरीको प्रतिरक्षा प्रणाली दिइएकाले रुसी सीमानामा खतरा बढेको बताएका छन्। यस्तै, रुस र युक्रेनको मामला स्थानीय रहेकोमा अमेरिका र उसका सहयोगी पश्चिमाहरुले विश्वव्यापी मुद्दा बनाएको पुटिनले आरोप लगाएका छन्। 

‘पश्चिमी शक्तिका कारण युद्ध सुरु’
पुटिनले युक्रेनसँगको युद्ध पश्चिमी शक्तिका कारण सुरु भएको बताएका छन्। त्यसलाई रोक्न आफूहरुले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन्। 

तर किभ र युक्रेनको काँधमा बन्दुक राखेर उनीहरूलाई मुर्ख बनाइरहेको पुटिनले दाबी गरेका छन्। त्यसका लागि आफ्नो देशलाई कसरी जोगाउने भन्ने कुरा रुसी नागरिकलाई राम्ररी थाहा रहेको पुटिनले दोहोर्‍याएका छन्। 

यस्तै, अमेरिका र उसका सहयोगीहरूले आफ्नो प्रभुत्व बढाउने षड्यन्त्रका लागि अरूलाई प्यादा बनाएर बसिरहेका पुटिनले आरोप लगाएका छन्।

‘पश्चिमी नेताहरूले धोका मात्र दिए’
पुटिनले आफ्नो सम्बोधनमा डोनबास क्षेत्रको समस्या आफूहरुले शान्तिपूर्ण ढंगले समाधान चाहेको तर पश्चिमाहरुको भूमिका त्यसमा महत्वपूर्ण रहेको हेर्नुपर्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘डोनबासको क्षेत्रको समस्यालाई हामीले जहिले पनि शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्छ भन्दै आएका छौं, तर रुसलाई दोष लगाउनेहरुले पश्चिमा नेताहरूको भूमिका पनि हेर्नुपर्छ। यी मानिसहरूले लगातार धोका दिन्छन् र झुट बोल्छन्। पश्चिमी शक्तिलाई सम्मान कसरी गर्ने थाहा छैन,’ पुटिनले भनेका छन्। 

‘किभ एक्लैले डोनबास समस्या समाधान गर्न सक्दैन’
पुटिनले रुसको सुरक्षाको लागि पनि युक्रेनमा आक्रमण आवश्यक रहेको पुन: दोहोर्‍याएका छन्। तर त्यस्तो हुनुमा पश्चिमाको भूमिकाले रुसको सुरक्षामा खतरा उत्पन्न भएको उनले बताएका छन्। डोनबासका जनताले रुसी सरकारसँग सहयोग मागेकाले रुसको उपस्थिति आवश्यक बनेको पुटिनले उल्लेख गरेका  छन्। 

पश्चिमा शक्तिहरूले युगोस्लाभिया, इराक, लिबिया र सिरियालाई ध्वस्त पारेझैँ युक्रेनलाई पनि ध्वस्त पार्न चाहेको पुटिनले आरोप लगाएका छन्। किभसँग डोनबासको मुद्दा हल गर्ने शक्ति नरहेकोले त्यहाँका जनता रुस आएर आफ्नो समस्या समाधान गरोस् भन्ने चाहेको पुटिनले दाबी गरेका छन्। ्

‘अमेरिकाले सधैं रुसलाई कम आँक्यो’
पुटिनले पश्चिमा शक्तिहरूसँग पनि कुरा गर्न आफूहरुलाई  कुनै समस्या नरहेको बताएका छन्। ‘हामी हाम्रोबीचमा संयुक्त सुरक्षा संरचना होस भन्ने चाहन्छौं। यसका लागि म आफैंले धेरै वर्ष प्रयास गरेँ तर अमेरिका र अन्य पश्चिमी शक्तिहरू समाधान चाहँदैनन्। हामीलाई सधैं बेवास्ता गरियो,’ सम्बोधनका क्रममा पुटिनले अमेरिकालाई प्रश्न पनि गरेका छन्, ‘विश्वका अन्य देशमा अमेरिका सरह सैन्य अखडा भएको विश्वको कुन देश हो? अनि यसपछि शान्तिको कुरा गर्दा सोच्नुपर्ने हुन्छ।’

Xtrem

Xtrem

पुटिनले पश्चिमी विश्व आध्यात्मिक विपत्तितर्फ अघि बढिरहेको बताएका छन्। तिनीहरूले रुसको चर्च र परम्परामाथि आक्रमण गरिरहेको र उनीहरुको धर्मगुरुलेसमेत ‘सेम सेक्स म्यारिज’लाई समर्थन गरिरहेको आरोप पुटिनको छ। 

पुटिनले अमेरिकासँगको आणविक सन्धि तोडेको घोषणा गरेका छन्। पुटिनले आफ्नो भाषणको अन्तिम मिनेटमा एउटा महत्वपूर्ण घोषणा गरेका छन्। उनले आणविक हतियारसम्बन्धी अमेरिकासँगको नयाँ सन्धिलाई रुसले स्वीकार नगर्ने घोषणा गरेका छन्।

‘रसियालाई युद्धको मैदानमा हराउन असम्भव छ’
पुटिनले रुसले युक्रेनका जनतासँग युद्ध नगरेको पनि बताएका छन्। उनीहरूलाई त्यहाँको सरकारले बन्धक बनाएको पनि जनाएका छन्। उनले रसियालाई युद्धको मैदानमा हराउन असम्भव रहेको भन्ने कुरा विश्वले खुला खानले सुन्न पनि आह्वान गरेका छन्।

बाइडेनले पुटिनको भाषण पनि सुने
पुटिनले करिब एक घण्टा सम्बोधन गरेका थिए। पोल्याण्डको वार्सामा उपस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि पुटिनको भाषण ध्यानपूर्वक सुनेका समाचार सार्वजनिक भएका छन्। अमेरिका र पश्चिमी शक्तिहरूमाथि पुटिनले लगाएको आरोपको बाइडेनले जवाफ दिने समारहरुमा जनाइएको छ। 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन सोमबार अचानक युक्रेनको राजधानी किभ पुगेका थिए। त्यहाँ उनी युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग देखा परेका थिए। बाइडेनले किभको भ्रमणको कुनै पूर्व जानकारी दिइएका थिएनन्। बाइडेन पोल्याण्डबाट रेल चढेर किभ पुगेका थिए। 
एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्