काठमाडौं– बंगलादेशमा प्रमुख विपक्षी पार्टीनिकट सञ्चारमाध्यम, ‘द दैनिक दिनकाल’ पत्रिका प्रकाशनमा सरकारले रोक लगाएको छ।
पत्रिका सोमबारदेखि छाप्न बन्द भएको छ। यो पत्रिका बंगलादेशकी शेख हसिना सरकारको निर्णयका कारण बन्द भएको हो। सरकारले पत्रिका बन्द गराएसँगै दक्षिण एसियामा फेरि एकपटक प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री शेख हसिनाको आलोचना दबाउने कोसिसमाथि अमेरिकाले समेत चिन्ता व्यक्त गरेको छ।
‘द दैनिक दिनकाल’ बंगालीमा छापिने अखबार हो। जुन तीन दशकभन्दा लामो समयदेखि बंगलादेशको नेशनलिस्ट पार्टीको मुखपत्र रहँदै आएको थियो।
पत्रिकामा यस्ता खबरहरुले प्राथमिकता पााउने गर्दथे, जो सरकार समर्थक मिडियाले कभरेज गर्दैनथे। केही समय पहिले सरकारले नेशनलिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरिएको थियो। प्रतिपक्ष दलले आफ्ना समर्थकविरुद्ध हजारौं फेक मुद्दा दर्ता गरिएको आरोप लगाएको छ।
द दैनिक दिनकालका अनुसार ढाका प्रशासनले २६ डिसेम्बरमा पत्रिका बन्द गर्ने आदेश दिएको थियो। तर, पत्रिका छाप्ने कार्य केही दिन जारी राखिएको थियो। प्रेस काउन्सिलको अपिलका कारण तत्कालीन समयमा पत्रिका छाप्न सम्भव भएको थियो। पत्रिकाका कार्यकारी सम्पादक शमसुर रहमान शिमुल विश्वासले आइतबार काउन्सिलले आफूहरुको अपिल खारेज गरेको बताए।
समाचार एजेन्सी एएफपीका अनुसार पत्रिका बन्द गर्ने आदेशमा लेखिएको छ कि द दैनिक दिनकालले देशको प्रिन्टिङ र प्रकाशन सम्बन्धी कानुनको उल्लंघन गरेको छ।
विश्वासले भने पत्रिका बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता र आलोचनाको आवाज दबाउने सरकारको कोसिसका रूपमा लिएको बताएका छन्। २०२२ को प्रेस फ्रिडम इन्डेक्समा बंगलादेश १६२औं नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।