टोकियो– सहमतिमा हुने यौन सम्बन्धका लागि जापानमा उमेरको ‘सीमा’ परिवर्तन गर्ने प्रस्ताव अगाडि सारिएको छ। जापानको न्याय मन्त्रालयले सहमतिमा हुने यौन सम्बन्धका लागि हाल कायम रहेको १३ वर्षको सीमालाई १६ वर्षमा पुर्याउने प्रस्ताव अगाडि सारेको हो।
यो कदम जापानमा हुने यौन अपराधमाथि रोक लगाउने उद्देश्य राखेर ल्याइएको बीबीसीले जनाएको छ। सन् २०१९ मा बलात्कारका दोषीहरुलाई उमेरका कारण रिहा गरिएको थियो। जसको धेरै विरोध भएको थियो।
प्रस्तावमा बलात्कारको परिभाषा फराकिलो पार्ने र नाबालिगहरुको हकमा बृहत् नियम ल्याउने प्रस्ताव अघि वढाएको छ।
न्याय मन्त्रालयअन्तर्गतको प्यानलले बलात्कारको घटनामा उजुरी दिने समय सीमा (हदम्याद) पनि बढाउने प्रस्ताव गरेको छ। प्यानलले १० वर्षलाई वढाएर १५ वर्ष पुराउन सिफारिस गरेको छ।
विकसित देशहरुमध्ये सहमतिमा यौन सम्पर्क राख्न पाउनेमा सबैभन्दा कम उमेर जापानमा रहँदै आएको थियो। जर्मनी र इटलीमा १४ वर्ष रहेको छ भने फ्रान्समा १५ वर्ष तोकिएको छ।
अमेरिका र बेलायतमा १६ वर्ष रहेको छ। जापानको मौजुदा कानुनमा बलात्कार पीडितले आफूमाथि बलात्कार वा हिँसा भएको पुष्टि गराउनुपर्छ। यो पुष्टि नभएसम्म बलत्कारमा सजाय दिन सम्भव छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।