एजेन्सी– इरानको आणविक ऊर्जा संगठनका प्रवक्ता बेहरुज कमलभान्डीले आइतबार देशले युरेनियमलाई ६० प्रतिशत शुद्धताभन्दा माथिको स्तरमा प्रवर्द्धन गरेको संकेत गर्ने सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेका छन्।
उनले यस्ता सामाचारलाई ‘तथ्यको विकृति’ भन्दै खण्डन गरेका छन्। कमलभाण्डीले आधिकारिक समाचार एजेन्सी आइआरएनएसँगको अन्तर्वार्तामा त्यस्ता रिपोर्टहरूको खण्डन गरेका हुन्।
इरानमा अन्तर्राष्ट्रिय आणविक अनुगमनकर्ताहरूले गत हप्ता ८४ प्रतिशत शुद्धतामा संवर्द्धित युरेनियम पत्ता लगाएका थिए जुन परमाणु हतियारको लागि आवश्यक भन्दा ६ प्रतिशत कम एकाग्रता हो।
आणविक अधिकारीले यसलाई स्मियर अभियानको रूपमा खारेज गर्दै ६० प्रतिशतभन्दा माथि युरेनियम कणहरूको अस्तित्वको को विषय सही नभएको बताएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले ट्वीट गर्दै यसले इरानसँग हालको प्रमाणीकरण गतिविधिहरूको नतिजाबारे छलफल गरिरहेको र आवश्यक देखिएमा यसको निर्देशक बोर्डलाई सूचित उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।