एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन्।
ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर किभबाट फिर्ता फर्किएका हुन्। राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासी आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको किभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।