• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

परिस्थिति फेरिएकाले पुस १० को सहमति मान्न बाध्य नहुने माओवादी केन्द्रको निष्कर्ष

64x64
डिबी खड्का सोमबार, फागुन ८, २०७९  १९:४४
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले ‘पुस १०’ भन्दा परिस्थिति निकै फेरिएको निष्कर्ष निकालेको छ। राष्ट्रपतिमा एमालेबाट सिफारिस हुने उम्मेदवारलाई भोट हाल्ने बाध्यता हटेको माओवादी केन्द्रको पदाधिकारी बैठकको साझा धारणा छ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बसेको बैठकले व्यक्तिका बारेमा छलफल नगरेको माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन्। 

उनका अनुसार माओवादी केन्द्रले ‘आफ्नो स्वार्थमा केन्द्रित’ रहेर राष्ट्रिय सहमति खोज्नेछ। महराले भने, ‘हामी हाम्रो पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको छ। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रप्रति प्रतिबद्ध, संविधानको रक्षा र शान्ति प्रकृया टु्ंग्याउने हो।’

पुस १० भन्दा परिस्थिति कति परिवर्तन?
गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीका लागि अघि सर्दै गर्दा एमालेलाई राष्ट्रपति दिने सहमति थियो। आधा कार्याकाल प्रधानमन्त्रीसमेत एमाले अध्यक्ष केपी शर्मा ओली हुने सहमति थियो।

उक्त सहमति अनुसार माओवादी केन्द्रले एमालेकै सिफारिसबाट बन्ने राष्ट्रपतिका उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने हुन्छ। माओवादी केन्द्रमा पुस १० भन्दा परिस्थिति निकै फेरिएको निष्कर्ष निकालेको प्रवक्ता महराले बताएका छन्। 

माओवादी केन्द्रका अर्का एक नेताका अनुसार त्यो बेला सहमति हुँदा ७ दल सँगै थिए। सबै सरकारमा रहने कुरा भएको थियो। उनी भन्छन्, ‘अहिले ७ मध्ये सरकारमा जम्मा चार दल छौं। चारमा पनि एक दल असन्तुष्ट छ।’

त्यतिबेला भएका सहमतिहरु यसअघि नै तोडिने क्रम सुरु भएर सत्ता गठबन्धन नै संकटमा रहेको बेला एमालेले पुस १० कै सहमतिमा अडिन नहुने कुरा बैठकमा उठेको एक नेता बताउँछन्। नयाँ परिस्थितिअनुसार राष्ट्रिय सहमतिका लागि तयार हुनुपर्ने पनि नेताहरुले बताएका थिए।

विगतका पाठबारे छलफल
माओवादी केन्द्रका ती नेताका अनुसार बैठकमा विगतले सिकाएका पाठबारे पनि कुरा उठेको थियो। एउटै पार्टीको राष्ट्रपति र प्रधानमन्त्री हुँदा शक्तिको उन्मादले देश संकटमा पर्ने हुनाले ‘शक्ति पृथकीकरण’का लागि राष्ट्रिय सहमति जरुरी भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले बैठकमा राखेका विषयबारे बताउँदै उनले भने, ‘एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा झन्डै संविधान दुर्घटनामा परेको थियो। त्यो अन्जानमा होइन, जानी-जानी पार्न खोजिएको हो।’

एमालेको सिफारिसमा माओवादी केन्द्र तर्सिनुपर्ने कारण भने ‘रियलाइजेसन’ नहुनु रहेको पनि उनले बताए। उनले थपे, ‘पुस १० गते एक्कासी नयाँ ढंगले गठबन्धन बन्यो। त्योबेला विगतका गल्ती वा सही बारे कुरा गर्ने वातावरण बनेन। त्यसपछिका छलफलमा एमाले नेताहरुले संसद् विघटन गल्ती भएको कुनै रुपमा स्विकार्लान् भन्ने अध्यक्षज्यूको अपेक्षा थियो। झन् उल्टो कुरा सुनिन थाल्यो।’

यही सहमतिअनुसार साढे २ वर्षपछि एमालेकै प्रधानमन्त्री र अहिले एमालेकै राष्ट्रपति बनाउँदा फेरि संविधान संकटमा पर्ने कुरा माओवादीको बैठकमा उठेको छ। त्योबेलाको दोषभागी आफूहरु हुनुपर्ने मत केही नेताहरुले राखेका छन्। 

अर्को संशय एमालेलाई साथ दिइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लिएर छ। ‘उनीहरु त गणतन्त्र र संघीयताकै विरोधी हुन्। एमालेले उनीहरुलाई च्यापेको छ। व्यवस्था विरोधी शक्तिहरु बोकेर धेरै टाढा पुग्न सकिँदैन भन्ने लाइनमा हामी छौ,’ ती नेताले भने।

प्रधानमन्त्री प्रचण्डले पोखरामा यही कुरालाई संकेत गरेर १२ बुँदे पक्षधर एक हुनुपर्ने बताएको उनको भनाइ छ। प्रचण्डले सोमबार पोखरामा प्रदेश बैठकलाई सम्बोधन गर्दै भने, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन–जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ।'

के गर्छ माओवादी केन्द्र?
बैठकअघि उक्त पार्टीका महासचिव देव गुरुङले जुन दलले साझा सहमति हुनसक्ने पात्रलाई अघि सार्छ, उसैमा सहमति हुनसक्ने बताएका थिए।  ‘जसले राष्ट्रियताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा, संसद्को पक्षमा, जसले भूमिका निर्वाह गर्न सक्छ, जसलाई साझा बनाउन सकिने सम्भावना हुन्छ, जसलाई सबैले समर्थन गर्न सक्ने खालको सम्भावना हुन्छ। उसैलाई समर्थन हुन्छ’, उनले भने।

कांग्रेसले अघि सारेको एमालेले नमान्ने र एमालेले अघि सारेको पात्रमा कांग्रेस सहमत नहुने बुझेरै माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’ खोजिरहेको छ। नेकपाकालमा प्रचण्डलाई साथ दिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमा राष्ट्रिय सहमति खोज्न सक्ने आशंका पनि उब्जिएका छन्। 

आइतबार राति कांग्रेस नेताहरुको छलफलमा पनि प्रचण्डले संकेत गरेका थिए। एमाले नेपाललाई राष्ट्रपति बनाउन सहमत हुँदा कांग्रेसले कसरी लिन्छ? भन्नेतिर समेत प्रचण्डले संकेत गरेको सहभागी नेताहरु बताउँछन्।

सोमबार पार्टी बैठकअघि नेपाललाई प्रचण्डले भेटेका छन्। ओलीले संसद् विघटन गरेपछि पार्टी नै फुटाएर गठबन्धनका साझेदार बन्न पुगेका नेपालमा राष्ट्रिय सहमति खोज्दा माओवादी केन्द्रको निर्णयअनुसार काम हुन्छ। माओवादीले ‘पार्टीको स्वार्थमा केन्द्रित रहेर आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने’ नै निर्णय गरेको छ। कांग्रेसबाट राष्ट्रपति बनाउँदासमेत धोका खाइसकेका कारण यो सुरक्षित बाटो हुन्छ। 

यसबाहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्न सक्ने अर्को पात्र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई हुन्। जसले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ सुम्पेर प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरिदिएका थिए। 

अर्को सम्भवना भने कांग्रेसकै कुनै नेतालाई राष्ट्रपति बनाउने हो। जसको बदलामा प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री हुने मौका पाउँछन्। उनले भन्ने गरेको ‘शक्ति पृथकीकरणको सुनिश्चितता’ पनि यो उपायमा छ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:४४
  • #नेकपा–माओवादी–केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्