काठमाडौं– कर्मचारीलाई तलब सुविधा दिन नसकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले गुण एअरलाइन्सको उडानमा रोक लगाएको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार क्याबिन क्रुलाईसमेत एअरलाइन्सले तलब दिन सकेको छैन। जसका कारण उडानमा प्रत्यक्ष असर पर्ने हुँदा उडान सुरक्षालाई ध्यानमा राख्दै प्राधिकरणले सेवा बन्द गराएको हो।
उक्त कम्पनीका कर्मचारीले तलब सुविधा नपाएको भन्दै प्राधिकरणमा उजुरी दिएका थिए। हवाई सेवामा संलग्न कर्मचारीलाईसमेत तलब निदएको पाइएपछि हवाई सु्रक्षालाई ध्यानमा राखेर उडान बन्द गराउन पत्र पठाइएको प्राधिकरणले जनाएको छ।
अर्को सूचना जारी नहुँदासम्मका लागि गुण एअरलाइन्सको सेवा बन्द गराइएको छ। सिम्रिक एअरका विमान खरिद गरेर गुणले सेवा दिँदै आएको थियो। गुणका सातवटा जहाज छन्। प्राधिकरणको पत्रसँगै अब अर्को सूचना जारी नहुँदासम्मका लागि गुण एअरलाइन्सका सेवा बन्द हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।