• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनमा कांग्रेसको रणनीति: जसरी पनि गठबन्धनबाट एमाले अलग्याउने 

64x64
नवीन झा सोमबार, फागुन ८, २०७९  ०७:२७
1140x725

काठमाडौं– आगामी शनिबार राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन हुनेछ। त्यसका लागि दलहरु आन्तरिक हिसाबकिताबमा लागेका छन्। 

पुस १० को नाटकीय राजनीतिक परिदृश्यले प्रधानमन्त्री बन्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति सर्वस्वीकार्य हुनुपर्ने भन्दै राष्ट्रिय सहमतिको कुरा सार्वजनिक तहमा ल्याएका छन्। 

यता सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले भने पुस १० मा गरिएको सहमतिअनुसार नै हुनुपर्ने जोडमा छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सन्दर्भमा पुस १० को सत्तारुढ दलबीच भएको सहमति अनुसार नै जानुपर्ने अडानमा छन्। 

राष्ट्रपतिका लागि त्यतिबेलै सहमति भइसकेको भन्दै ओलीले माओवादीसहितका दलहरुको समर्थनमा एमालेको उम्मेदवारले नै राष्ट्रपति निर्वाचन जित्ने दाबी गर्दै आएका छन्। 

आइतबार मात्रै ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमालेको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै शंका नभएको दाबी गरे। वर्तमान समीकरण बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले १३ फागुनमा मात्रै एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार सार्वजनिक हुने बताए। 

विराटनगरमा ओलीले यसो भनिरहँदा यता सुर्खेत पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन्। संसद्‌मा ठूलो दल हुनुका नाताले पनि राष्ट्रपति कांग्रेसले नै पाउने उनको दाबी थियो। 

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन।’

शर्माले अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने पनि दाबी गरे। हुन त कांग्रेस महामन्त्री शर्माले आइतबार गरेको दाबी नयाँ भने होइन। उनले सभामुखको निर्वाचनयता यो कुरा पटक–पटक दोहोर्‍याउँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पुस १० मा एमालेसहित साना दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले विश्वासको मत दिएपछि नेपाली राजनीति राष्ट्रपतिलाई लिएर तरंगित बन्न पुगेको छ। 

पछिल्ले केही समय यता हेर्ने हो भने दलहरुको सम्पूर्ण शक्ति नै राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको देखिन्छ। एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको दैनिक जसो भेटघाट र छलफल सँगै काग्रेस नेताहरुको पनि भेटघाट र छलफलहरु तीव्र देखिन्छ।  

पछिल्लो अपडेट अनुसार आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीसँग छलफल गरेका छन्। नेपालले आइतबार नै एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति निर्वाचनसँगै वर्तमान सत्तागठबन्धन भत्किने दाबी गरेका छन्। 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए। आइतबारको भेटमा पनि राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको नेताहरुले जनाएका छन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लागातार छलफल चलेको थियो। बिहीबार बालुवाटारमा छलफल भएको थियो भने शुक्रबार ओली निवास बालकोटमा। बिहीबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटेपछि कांग्रेस उपसभापति पूर्णबहादुर खडकासँग पनि भेटेका थिए।

पछिल्लो समय कांग्रेसका उपसभापति खड्कासहित महामन्त्री गगन थापा, नेताहरु रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की लागातार संवादमा देखिन्छन्।

एमाले अलग्याउने कांग्रेसको नीति 
नेपाली कांग्रेस १० पुसमा आफनो हातबाट फुत्केको सत्ता राष्ट्रपति निर्वाचनमार्फत् जसरी पनि फर्काउने रणनीतिमा छ। जसका लागि कांग्रेस माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष कै लागि भए पनि प्रधानमन्त्री स्वीकार तयार भएको देखिन्छ। 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेर अघि बढन सक्ने बताएका छन्।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने भन्दै त्यसका लागि माओवादीसहित अन्यदलहरुसँग छलफल चलिरहेको पनि बतए।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिन सक्नेबारेमा पनि पछिल्लो समयमा छलफल चलिरहेको खुलाए।

राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री तथा माओवादीसँग छलफलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि मात्र भरोसा गर्ने अवस्था रहेको भन्दै त्यसका लागि राष्ट्रपति पाउनेमा आफूहरु आशावादी भएको बताए। 

‘राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौं, कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल पनि हो। संसद्‌मा हामी सबैभन्दा धेरै संख्यामा छौं। सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौं। सबै राजनीतिक दलहरुभन्दा बढी हाम्रो मतभार छ’, उनले भने,  ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ। किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि। जुनसुकै बेला संसद् विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन।’

लेखक यही कारण २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार जित्नसक्ने आकलन आफूहरुको रहेको दाबी गर्छन्। नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमा जे भने उनीहरु केन्द्रदेखि प्रदेशसम्मकै सत्तासहयात्राको पर्खाइमा छन्। जुन उनीहरुको अपेक्षा अनुसार राष्ट्रपति निर्वाचनमा सकारात्मक नतिजा आएपछि मात्रै सम्भव देखिन्छ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्