काठमाडौं– नेपाल लाइफ बीमा कम्पनीले यती एअरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाका परिवारका सदस्यलाई बीमा दाबी भुक्तानी गरेको छ।
पोखरा–१७ की बिमित संगिता शाहीको माघ १ गते भएको विमान दुर्घटनामा निधन भएको थियो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालाजु शाखामा एक कार्यक्रमको आयोजना गरी इच्छ्याएकी व्यक्ति संगिताकी आमा कोपिला घर्ती क्षेत्रीलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
आफ्नो जीवनकालमा शाहीले कम्पनीको बालाजु शााखामा २०७९ भदौ २९ गते ५० लाख बिमांक भएको जीवन सहारा बीमा योजना लिएकी थिइन्।
बीमांकबापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दाबीबापतको ५० लाख गरी जम्मा एक करोड एक लाख रकम कोपिलालाई प्रदान गरिएको हो।
यस्तै पुस मसान्तसम्म कम्पनीको लगानी १५६. ४४ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ। साथै जीवन बीमाकोषमा १५०.८५ अर्ब रुपैयाँ र सेयरधनी कोषमा ९ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।