काठमाडौं– भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको फरिदाबादको तीन नम्बर मंगलबार भ्यालेन्टाइन डेको अवसरमा बजरंग दलका कार्यकर्ताले पार्कमा बसेका पती–पत्नीलाई प्रेमी– प्रेमिका सम्झेर कुटपिट गरेका छन्।
पती–पत्नीलाई पिटेपछि स्थानीय आक्रोशित भएका थिए। त्यसपछि स्थानीयले बजरंग दलका कार्यकर्तालाई दौडाउँदै–दौडाउँदै कुटपिट गरे।
पूरै घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल भएको भिडियोमा बजरंग दलका कार्यकर्ताका पछि केही स्थानीय लाठी लिएर खेद्दै गरेको देखिन्छ।
१४ फेब्रुअरीलाई भ्यालेन्टाइन–डेका रुपमा मनाइन्छ। यस दिन हिन्दू संगठनले आफ्नो सक्रियता देखाउँदै यस्ता घटना घटाउने गरेका छन्।
मंगलबार पार्कमा केही जोडीहरु बसेका थिए। त्यहि समयमा पतीपत्नीको जोडी बजरंग दलको निशानामा परे र मरणाशन्न हुनेगरी कुटाई खाए।
जसले पिटाइ खाइरहेका छन् उनीहरु पती–पत्नी भएको जानकारी पाएपछि स्थानीयले बजरंग दलका कार्यकर्तालाई कुट्न सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।