मस्को– रुसले मोल्डोभाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र देशको अवस्थालाई अस्थिर बनाउने कुनै मनसाय नरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ।
मंगलबार मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘हामी मोल्दोभाको अवस्थालाई 'कमजोर' पार्ने रुसको इच्छा रहेको भन्ने सम्बन्धमा लगाइएको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्छौं।’
जाखारोभाले रुसले मोल्दोभासँग समान आधारमा पारस्परिक लाभकारी र द्विपक्षीय सहयोगको पक्षमा रहेको बताएकी छन्।
विदेश मन्त्रालयले मोल्दोभानका अधिकारीहरूलाई ‘राजनीतिक व्यवहार देखाउन’ र ‘बाह्य उत्तेजनाको सामना गर्नुको सट्टा आफ्ना नागरिक र देशको हितमा काम गर्न’ आह्वान गरेको छ।
सोमबार आयोजित प्रेस ब्रिफिङमा मोल्डोभानका राष्ट्रपति माइया सान्डुले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ‘देशलाई अस्थिर पार्ने रुसको योजना’ बारे अनुसन्धान नजिक रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।