काठमाडौं– विश्व प्रसिद्ध मोटरसाइकल निर्माता केटीएमले केटीएम एडभेन्चर डे विथ २५० एडभेन्चर सम्पन्न भएको छ।
गत माघ २८ गते दक्षिणकालीको हात्तीवन रिसोर्टमा आयोजना भएको महोत्सवमा तीन सयभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले केटीएम एडभेन्चर २५० को शक्ति र प्रदर्शन अनुभव गर्ने मौका पाएका थिए।
यस कार्यक्रमको ट्र्याक सहभागीहरूले २५० एडभेन्चर बाइकको अफरोड क्षमता, शक्ति र ह्यान्डलिङको अनुभव लिनसक्ने गरी बनाइएको थियो।
चुनौतीपूर्ण ट्र्याकले बाइकको सीमालाई धकेलेको र बाइकरहरुको सीप पनि परीक्षण गरिएको थियो। कडा प्रतिस्पर्धाका बाबजुद ७६ राइडरले ट्र्याक पूरा गरेका थिए भने ९ राइडरलाई प्रतियोगिताको विजेता घोषणा गरिएको कम्पनीले बताएको छ।
कार्यक्रमले सहभागीहरूलाई केटीएम २५० एडभेन्चर पूर्ण रूपमा अनुभव गर्न प्लेटफर्म प्रदान गरेको थियो।
केटीएम नेपालका एजीएम विजय मोक्तानले भने, ‘हामी कार्यक्रमको सफलताबाट अत्यन्तै खुसी छौं। हाम्रा ग्राहकहरूका लागि केटीएम २५० एडभेन्चरको परीक्षण गर्न पाउनु र यसको असाधारण प्रदर्शन र क्षमताहरू हेर्न पाउनु रोमाञ्चक अनुभव थियो। हामी सहयोगका लागि आभारी छौं। हाम्रा ग्राहकहरू र भविष्यमा थप यस्तै अनुभवहरू प्रदान गर्न तत्पर छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।