काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन्।
आज बैंकले केडसँग यस्तो सम्झौता गरेको हो। समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनी प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्।
उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग (एनआइसी एशिया मोबाइल बैंक) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
यस्तै बैंकका कर्मचारीहरुका लागि भने यो छुट २५ प्रतिशतसम्म राखिएको छ। एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।